हाइलाईट्स : Scholarships  |  


Background


पिछडिएको समुदाय

पिछडिएको समुदाय

नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलीक विविधता भएको मुलुक हो । जहाँ आर्थिक, सामाजिक, शैक्षिक, एवंम् राजनैतिक रुपमा पछाडी परेका, आदिवासी जनजाती, दलित आदिको सूचिमा सूचिकृत नभएका जातजातिहरु समेत रहेकाछन्, तिनै जातजातिहरुलाई पिछडा वर्ग (OBC) भनिएको छ । Other Backward Class(OBC)को पहिलो प्रयोग भारतमा भएको थियो । सन् १९८० मा गठित मण्डल आयोगले भारतको कुल जनसंख्याको ५० प्रतिशत OBCसमुदायको रहेको तथ्य उजागर गरेको थियो । सोही आयोगले गरेको सिफारिशको आधारमा भारत सरकारले सन् १९९२ मा सरकारी क्षेत्रको रोजगारी तथा उच्च शिक्षा अध्ययनमा यस समुदायको लागि २७ प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो । भारत सरकारले सन् १९९२ मा OBCवर्गलाई दिएको आरक्षणको प्रभाव नेपालमा पनि पर्न थाल्यो । Other Backward Class(OBC)लाई नेपालीमा पिछडावर्ग भनियो । नेपालमा पनि पिछडावर्ग अन्तरगत पर्ने समुदायलाई आरक्षणको व्यवस्था हुनु पर्ने आवाज उठन थाल्यो । नेपालमा जनआन्दोलन २०४६ पछि राजनैतिक शासन प्रणालीमा आएको खुलापन, जनताले चाहे बमोजिम लोककल्याणकारी राज्य व्यवस्थाको शुरुवात, विभिन्न तह र तप्काका जनताहरुमा आएको चेतनाले गर्दा शासनसत्तामा सहभागिता, सामाजिक न्याय, जातिय, क्षेत्रीय, लैंगिक एवम् वर्गिय विभेद विरुद्धका आवाजहरु आमरुपमा उठन थाले ।

यसै सन्र्दभमा आर्थिक, सामाजिक, राजनैतिक एवम् सामाजिक कुरीती जस्ता छुवाछुतको विभेदमा परेको दलितहरुले सामाजिक न्यायको मुद्धा दलितका विभिन्न संघ सस्थाहरुले उठाए भने जातिय एवम् भाषिक तथा सांस्कृतिक विभेद लगायत आर्थिक, सामाजिक, शैक्षिक एवम् शासन प्रशासनको विभेदमा परेको भन्दै आदिवासी जनजातीहरुको आवाज टड्कारो रुपमा राज्य समक्ष संगठितरुपमा आदिवासी जनजाती महासंघले प्रस्तुत गर्ने काम जारी नै राखे ।


राज्यले विभिन्न अध्ययन प्रतिवेदन एवम् कार्यदल गठन गरी क्षमता र आवश्यकता अनुरुप यस्ता मागहरुलाई सम्बोधन गर्न बिषेश ध्यान दिन थाल्यो ।फलस्वरुप उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति र आदिवासी जनजाति उत्थान विकास समिति गठन आदेश २०५४ जारी गरियो ।

आदिवासी जनजाति वर्गका जातजातिहरुको सूचिकरण गरी कार्य अगाडी बढाईयो । जस अनुसार आदिवासी जनजातिको सूचिमा विभिन्न ५७ वटा जातजातिहरुको सूचिकरण गर्ने कार्य भयो भने दलित वर्गको सूचिमा पनि तत्कालिन रुपमा १८ वटा जातजातिहरुको सूचिकरण गर्ने कार्य भयो । सोही समयमा आदिवासी जनजाति र दलितको सूचिमा सूचिकृत नभएको तर समाजमा आर्थिक, सामाजिक, शैक्षिक र राजनैतिकरुपमा पछाडि परेका विभिन्न ३६ वटा जातजातिहरुको लागि राज्यले सूचिकृत गरी छुट्टै संस्थागत व्यवस्था गर्नका लागि २०५५ सालमा नेपाल पिछडावर्ग (OBC) उत्थान संघको स्थापना गरी विधिवत्रुपमा आफ्ना समस्याहरु राज्य र सरकार समक्ष प्रस्तुत गर्ने कार्यको प्रारम्भ ग¥यो । नेपालमा पिछडावर्ग (OBC)सम्बन्धी आवाजको शुरुवात २०५५ साल वैशाख १ गते नेपाल पिछडावर्ग (OBC)उत्थान संघको स्थापना भए पछि शुरु भयो, जुन संस्था २०६२।२।१७ गते नेपाल पिछडावर्ग (OBC) महासंघमा परिणत भयो । यस महासंघले स्थापना कालदेखि नै पिछडावर्ग (OBC) मा पर्ने जात–जातिहरुको विकास, संरक्षण, हक अधिकार, वकालत एवम पहल गर्दै विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको कुरा सर्वविदितै छ ।

तत्कालीन समयमा महासंघको दाबि अनुसार यस समुदायमा ३४ जातीहरु रहेकाछन् भनीएको थियो भने अहिले विभिन्न जातिय समुदायले आफूहरु पनि पिछडा वर्ग अन्तरगत पर्ने भन्दै त्यसवर्ग भित्र समावेश गरी दिन माग गर्नेक्रम बढदै जाँदा यो संख्या यकीन नभएको र यकिन गर्न चुनौतिपूर्ण बन्दै गएको छ । पिछडावर्गको संघर्षको परिणामस्वरुप २०६३।५।२मा स्थानीय विकास मन्त्रालयका तत्कालीन सहसचिव श्री सोमलाल सुबेदीको संयोजकत्वमा नेपाल पिडछावर्गका प्रतिनिधि, आदिवासी जनजाति महासंघका प्रतिनिधि एवम् उपेक्षित, उत्पिडित, दलितवर्ग उत्थान विकास समितिका समेत प्रतिनिधि हुने गरी पिछडावर्ग(OBC) को सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन भएको थियो । उक्त कार्यदलले स्थानीय विकास मन्त्रालय समक्ष आफ्नो कार्य सम्पादन गरी प्रतिवेदन मिति २०६३।५।२५ गतेमा पेश ग¥यो । उक्त प्रतिवेदनको आधारमा २९ वटा जातजातिहरु मध्ये २५ जातिहरुको अध्ययन गर्दा नेपाल सरकारको तथ्यांक अनुसार कुल जनसंख्याको १७.५ प्रतिशत पिछडावर्गका जातजातिहरु रहेकाछन भनी प्रमाणित ग¥यो ।


पिछडावर्ग (OBC) का जात– जातीहरु र जनसंख्या

पिछडावर्ग (OBC) का जात– जातीहरु र जनसंख्या

स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ को अनुसूचि ४ मा उल्लेख भएका पिछाडावर्ग (OBC)मा पर्ने जातजातिहरुको वि.सं. २०६८ सालको जनगणना अनुसार जनसंख्या यस प्रकार छन्
मुसलमान ११,६४,२५५ कहार ५३,१५९
यादव १०,५४,४५८ लोध ३२,८३७
तेली ३,६९,६८८ राजभर ९,५४२
कोईरी÷कुशवाहा ३,०६,३९३ रौनीयार
कुर्मी २,३१,१२९ गडेरी÷भेरीभर २६,३७५
सोनार ६४,३३५ माली १४,९९५
केवट १,५३,७७२ कमार १,७८७
बनीया राजधोव १३,४२२
मल्लाह १,७३,२६१ केरवत
कलवार १,२८,२३२ हजाम १,१७,७५८
कानु १,२५,१८४ सुडी ९३,१३६
लोहार १,०१,४२१ कुम्हार ६२,३९९
हलुवाई ८३,८६९ सैनी
बरै ८०५९७ अमात ३८३०
नुनिया ७०५४०
श्रोत: केन्द्रिय तथ्यांक विभाग

उक्त जनगणनामा उल्लेख भएका पिछडावर्ग अन्तरगत पर्ने तर अनुसूचिमा उल्लेख नभएका जातजातिहरुको जनसंख्या
कथवनीया १३८६३७ बढई २८९३२
विन ७५१९५ देव २१४७



पिछडिएको समुदाय अन्तरगत पर्ने जातीहरु

पिछडिएको समुदाय अन्तरगत पर्ने जातीहरु

सरकारी तथ्याङ्क अनुसार २०६८को जनगणनामा कुल जनसंख्याको १८.०८ प्रतिशत पिछडावर्ग (OBC) अन्तरगतका जात–जातीहरुका जनसंख्या रहेकाछन् । नेपाल पिछडावर्ग (OBC)महासंघको संघर्ष वकालत एवम पहलमा यी जात–जातीहरुको विकासको निम्ती नेपाल सरकारले वि.सं. २०६५ साल माघ २० गते विकास ऐन २०१३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारद्धारा जारी पिछडिएको समुदाय(इद्यऋ) उत्थान विकास समिति (गठन) आदेश २०६५ राजपत्रमा प्रकाशित गरी पिछडिएको समुदाय(इद्यऋ) उत्थान विकास समिति गठन गरेको छ ।

पिछडावर्ग (OBC) का जात–जातीहरु नेपाल वाहेक मित्रराष्ट्र भारत, वंगलादेश, पाकिस्तान मोरीसस लगायत विश्वको विभिन्न भागमा बसोबास गरेको देखिन्छ । पिछडावर्ग (OBC) समाजको मेरुदण्डको रुपमा रहेको देखिन्छ । खास गरी नेपालको तराई मधेशमा बहुसङ्ख्यक जनसंख्या पिछडावर्ग (OBC)को रहेको पाईन्छ । मधेशका १५ जिल्लामा वाक्लो बसोबास भएतापनि लगभग ३५ जिल्लाहरुमा छरिएर बसेको पाईन्छ भने नेपाल अधिराज्यभरी नै यस समुदायको उपस्थिति केही न केही रहेको देखिन्छ ।


पिछडावर्ग अन्तरगत पर्ने जातीहरु :– स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ को अनुसूचि ४ मा उल्लेख भए अनुसार पिछडावर्ग अन्तरगत पर्ने जातजातिहरु ः
(१) अमात (२) कुशवाहा (३) कुर्मी (४) कुमाहार (५) कहार
(६) केवट (७) कानु (८) कमार (९) कलवार (१०) केरवत
(११) तेली (१२) नुनीया (१३) बनिया (१४) बरै (१५) भेडीभर
(१६) माली (१७) मल्लाह (१८) मुसलमान (१९) यादव (२०) राजभर
(२१) राजबोध (२२) रौनियार (२३) लोहार (२४) लोध (२५) सुडी
(२६) सैनी (२७) सोनार (२८) हलुवाई (२९) हजाम आदि ।